शिक्षामन्त्री पौडेलले सार्वजनिक गरे ३१ बुँदे कार्ययोजना
कालञ्जर
मङ्सिर ७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । आज (मङ्गलबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले ३१ बुँदै कार्ययोजना सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको कार्ययोजनाको पहिलो बुँदाँमा एक साताभित्र सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरिने, विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भए÷नभएको अनुगमन गरिने उल्लेख छ ।
सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, ‘सिक्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाउने पनि मन्त्री पौडेलको कार्ययोजनामा छ ।
स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने, समयमै सबै सेट पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने, संघीय शिक्षा ऐनको मस्यौदामाथि सरोकारवालासँग छलफल गरी अगाडि बढाउने कार्ययोजना पनि मन्त्रीले अघि सारेका छन् ।
हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय पु¥याउने पनि उनको कार्ययोजनामा उल्लेख छ ।
शिक्षामन्त्रीले सार्वजनिक गरेका कार्ययोजना यस्ता छन्ः