नेकपा एमालेको अध्यक्षमा दोस्रोपटक ओली विजयी

कालञ्जर

मंसिर १४




बेनी । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिशनमा भीम रावललाई फराकिलो मत अन्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्।


नेकपा एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलका अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।



एमालेमा सर्वसम्मतिको प्रयास असफल भएपछि अध्यक्ष पदमा ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपटक भने रावलमाथि सहज जित हासिल गरेका छन् ।


एमालेको नयाँ पदाधिकारी टिम

आज सम्पन्न भएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेनले केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।


खसेको मतको तीन चौथाई भन्दा बढी मत प्राप्त गरी ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भैरहँदा उनीपछिको दोस्रो बरीयता अर्थात वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।


दुईपटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने प्रतिस्पर्धाविहीन भए । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।


६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन्।


त्यस्तै उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । 

उता, ७ जना सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।

यही मंसिर १० गतेदेखि चितवनमा एमालेको १०औं महाधिवेशन शुरु भएको थियो ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes