बेगखोलामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना घाइते

कालञ्जर

मंसिर १३




बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट रहुगङ्गा गाउँपालिका–१ बेगखोलाको सिमतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।


बेनीबाट सामानसहित यात्रु बोकेर गाउँतर्फ गएको ग १ ज ७२५२ नम्बरको जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको ज्यान गएको स्थानीयले बताएका छन् ।


प्रहरी नाउव उपरीक्षक श्यामकुमार राईले समेत दुई यात्रुको मृत्यु भएको पुष्टी गगर्दै गम्भीर घाईतेसहित ६ जनालाई बेनी अस्पतालर्फ ल्याइएको जानकारी दिए । दुर्घटनामा चालक दुधबहादुर थापासहित ८ यात्रु सवार थिए । 


घाईते मध्ये दुई जना गम्भीर रहेको बताइएको छ । दुर्घटनास्थलमा स्थानीयबासी सहित प्रहरीको टोली उद्धारमा खटिएको छ । जीप सडकबाट ३ सय मिटर तल खसेको बताइएको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes