११ कक्षाका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन खुला

कालञ्जर

मङ्सिर ७



राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८–७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि फाराम खुला गरिएको हो ।


परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्नेछ । आवेदन फारामका लागि बोर्डले ४ सय रुपैयाँ शुल्क तोकेको छ भने । तोकिएको समयमा फाराम बुझाउन नसक्ने विद्यार्थीले भने दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने बोर्डको सुचनामा उल्लेख छ।




यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ।


कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।


रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes