म्याग्दीका निर्मल पुर्जामाथि बनाइएको नयाँ डकुमेन्ट्री भोलि सार्वजनिक हुँदै
कालञ्जर
मंसिर १२
६ महिना ६ दिनमा ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका म्याग्दीका निर्मल पुर्जामाथि बनाइएको डकुमेन्ट्री भोलि सार्वजनिक गरिने भएको छ । ‘निम्सदाइ’का रुपमा चिनिएका पुर्जाको बारेमा तयार भएको ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ शीर्षकको डकुमेन्ट्री ‘नेटफ्ल्क्सि’ मार्फत सार्वजनिक हुन लागेको हो ।
विश्वका १ सय ९१ देशमा रहेका २१ करोड मानिसहरु नेटफ्ल्क्सिका ‘पेड–मेम्बर’ रहेको बताइएको छ । एकैसाथ ३१ वटा भाषामा देखाइन थालिएको यो डकुमेन्ट्रीले नेपालको साहसिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बेलायती सैनिकको जागिरबाट अवकाश पाएका ३८ वर्षीय पुर्जाले अबको समय नेपालको पर्यटन क्षेत्रको विकासमा खर्चिने बताए । ‘मेरो डुकेन्ट्रीले नेपालको सिनेमादेखि पर्यटन क्षेत्रसम्म नयाँ आशा दिनेछ,’ उनले भनेका छन, ‘म चाँडै बिअर ग्रिल्सलाई नेपाल ल्याउँदै छु । उनीसँग कुरा भइसकेको छ ।’ नेशनल जियोग्राफी च्यानलमा जिउँदै किरा फट्यांग्रा खाँदै जंगल हिँड्ने बेलायती एडभेन्चरर बिअर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ शो विश्वप्रसिद्ध छ ।
| पर्वतारोाही निर्मल पुर्जा | |
यसैबीच विख्यात पर्वतारोही निर्मल पुर्जाले बलिउड अभिनेता अक्षय कुमारले एक टेलिभिज रियालिटी शो मा काम गर्न बोलाए पनि पारिश्रमिकमा चित्त नबुझेको हुँदा आफुले त्यो निम्तो अस्वीकार गरेको बताएका छन् । १४ वटा हिमाल आरोहणका लागि बनाइएको ’प्रोजेक्ट पोसिबल’ अभियान र गत वर्षको हिउँदमा भएको पाकिस्तानस्थित केटू हिमाल आरोहण सकिएपछि ३८ वर्षीय पुर्जालाई बलिउड अभिनेता अक्षय कुमारले सहासिक टिभी रियालिटी शोका लागि अफर गरेका थिए ।
नेपाल, तिब्बत र पाकिस्तानमा अवस्थित ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्न विदेशी आरोहीहरुले ८ वर्ष लगाएकोमा पुर्जाले भने ६ महिना ६ दिनमै उक्त रेकर्ड तोडेका थिए ।