‘बसाइँ’का लेखकलाई पद्मश्री पुरस्कार

कालञ्जर

कार्तिक २२



बेनी । ‘बसाइँ’ उपन्यासका लेखक लिलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार प्रदान गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले लेखक तथा उपन्यासकार क्षेत्रीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका हुन् । 


नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष कार्यक्रममा उनलाई राष्ट्रपति कोबिन्दले सम्मान गरेका हुन् ।


क्षेत्रीका  ‘बसाइँ’ र ‘ब्रह्मपुत्रका छेउछाउ’ लगायत उपन्यास चर्चित छन् ।



प्रवासी नेपालीहरुले भोग्नुपरेको समस्यालाई टिपेर साहित्य सिर्जना गर्ने क्षेत्री नेपाली पाठकमाझ लोकप्रिय छन् । क्षेत्रीले लेखेको बसाइँ उपन्यासले नेपाली सामाजिक जीवनको यथार्थ बोकेका कारण पनि क्षेत्री नेपाली पाठकमाझ लोकप्रिय बनेका हुन् ।

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes