करको दायरा बढाउन आन्तरिक स्रोत परिचालन गरिने

कालञ्जर

कात्तिक ३०




बेनी । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला एवं योजना मन्त्री रामजीप्रसाद बरालले आन्तरिक स्रोतको परिचालन गरेर करको दायरा बढाउनुपर्ने बताएका छन् । म्याग्दी सदरमुकाम बेनीमा मङ्गलबार मन्त्रालयले आयोजना गरेको बजेट कार्यान्वयन एवं आर्थिक अनुशासन विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो धारणा राखेका हुन् ।

कोरोनाको कारण देखाई अब कसैले पनि विकास निर्माको काममा ढिलासुस्ती गर्न नपाइने बताउँदै मन्त्री बरालले कर्मचारीहरुले पनि नतिजा दिने गरी काम गर्नुपर्ने बताएका छन् । 


म्याग्दी जिल्लाका लागि पर्याप्त बजेट विनियोजन नभएको बारे सोधिएको प्रश्नको जवाफ दिँदै मा मन्त्री बरालले भने, “बजेट कति आयो भन्दा पनि प्राप्त भएको रकम कसरी सदुपयोग गर्ने भन्नेतिर सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।” नेपालले भर्खर संघीय शासन व्यवस्थाको अभ्यास गरिरहेको बताउँदै मन्त्री बरालले विकास निर्माणका लागि तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने आवश्यकता औंल्याएका थिए । 


छलफलमा सहभागी मन्त्रालयका सचिव बैकुण्ठप्रसाद अर्यालले म्याग्दी जिल्लाको संक्षिप्त कार्य प्रगति प्रस्तुत गर्दै गत वर्ष ७१ दशमलव ४३ प्रतिशत बजेट कार्यान्वयन भएकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा करिब ८ प्रतिशत बजेटमात्र खर्च भएको जानकारी दिएका थिए ।


सोही कार्यक्रममा बोल्दै म्याग्दीका कोष लेखा तथा नियन्त्रक युक्तप्रसाद शर्माले अझै पनि ४० देखि ४५ प्रतिशत बजेटको खर्च असारमा भैरहेको हुँदा यसलाई समयमै सुधार गर्नुपर्ने बताए । उता, पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष अर्यालले बहुवर्षीय योजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट चालु आर्थिक वर्षका लागि विनियोजन नभएको गुनासो गरे । यस वर्ष टुक्रे योजना धेरै परेकोमा एउटै योजनामा अघि र पछि गरी बजेट समेत विनियोजन भएको उनको भनाइ थियो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले लेखा तथा प्रशासनका कर्मचारीको अभाव भएको गुनासो गर्दै कोरोनाबाट म्याग्दीमा अहिलेसम्म ८२ जनाको मृत्यु भएको र ४ जना सकृय संक्रमित बिरामी रहेको जानकारी दिएका थिए । 


कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेल, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौड्याल, डिभिजन वन कार्यालयका निमित्त प्रमुख चन्द्रमणि सापकोटा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका लेखा अधिकृत त्रिविक्रम शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख दामोदर शर्मालगायतले आ–आफ्नो कार्यालयको प्रगतिसहित समस्याका बारेमा मन्त्रीलाई अवगत गराएका थिए ।


म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय केशव सुवेदीको सञ्चालन र दिलिप सुवेदीको स्वागत रहेको थियो ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes