सञ्चार क्षेत्रले सधैं खबरदारी गर्नुपर्छः मन्त्री पौडेल

कालञ्जर 

कात्तिक १६


बेनी । संघ सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सञ्चार क्षेत्रको भुमिका सकारात्मक र रचनात्मक हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर म्याग्दीको मङ्गलबार बेनीमा आयोजित चौथो जिल्ला सम्मेलनमा बोल्दै मन्त्री पौडेलले तथ्यपुर्ण रुपमा सन्तुलित समाचार सम्प्रेषण हुनुपर्ने आवश्यकता औंल्याएका हुन् ।




“मुलुकको सर्वाङ्गीण विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो हुन आवश्यक छ”, मन्त्री पौडेलले भने,  “प्रेस स्वतन्त्रताको सम्म्मान र पत्रकारिता क्षेत्रको विकासका लागि अहिलेको सरकार प्रतिबद्ध छ ।” पत्रकारितामार्फत् जिल्लाको विकासका सम्भावना खोतल्नुपर्ने बताउँदै मन्त्री पौडेलले जिल्लामा भएको स्रोतसाधनलाई प्रयोग गरेर आत्मनिर्भरताको अभियानमा लाग्नुपर्ने धारणा सुनाएका थिए ।


सम्मेलनमा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश समिति कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले, नेपाल पत्रकार महासंघ, म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारीका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका अध्यक्ष राकेश शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


धिरनलाई ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कार

यसैबीच म्याग्दीका पत्रकार धिरन खत्रीलाई कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनको अवसरमा पत्रकार खत्रीलाई  सम्मान गरिएको हो ।


शिक्षामन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोविन्द पौडेललगायतले नगद सात हजार रुपैयाँसहित  सम्मान पत्रले सम्मान गरेका हुन् । पुरस्कृत पत्रकार खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, कोरला पोष्ट अनलाइनलगायतका सञ्चार संस्थासँग आवद्ध छन् । 


प्रेस सेन्टर नेतृत्वमा दोहोरिए खत्री 

यसैबीच मङ्गलबार सम्पन्न प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनले कमल खत्रीकै अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी छनोट गरेको छ । खत्री यसअघि पनि अध्यक्षका रुपमा कार्यरत थिए ।



कमिटीको उपाध्यक्ष्मा पदम विश्वकर्मा, आशिका मल्ल, सचिवमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन भएका छन  । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रीय परिषद् सदस्यसमेत सर्वसम्मतरुपमा चयन गरेको सचिव खत्रीले जानकारी दिए ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes