एमाले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि २२९७ जना
कालञ्जर
मङसिर ७
शुक्रबारदेखि चितवनमा शुरु लागेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको २ हजार २ सय ९७ पुगेको छ । पछिल्लोपटक १ सय ३ जना महाधिवेशन प्रतिनिधि मनोनीत भएसँगै महाधिवेशन प्रतिनिधिको २२ सय नाघेको हो । एमालेको बिधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत मनोनीत गरिएको हो ।
नेकपा एमालेको केन्द्रीय संगठन बिभागका अनुसार हालसम्म ६७ जिल्लाबाट महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ । महोत्तरी, रौतहट, (मजदुर प्रदेश २) र भूपू सैनिक संगठन गरी ६७ जना प्रतिनिधिको नाम आउन बाँकी छ । महाधिवेशनमा कुल महिला प्रतिनिधि संख्या ५ सय ७६ पुगेको छ भने दलित प्रतिनिधिको संख्या १ सय ९५ पुगेको छ ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।