सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथा लागु गरिने

कालञ्जर

मंसिर ८



यही मंसिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट मुद्दा सुनुवाइ गरिने भएको छ । गत कात्तिक ८ गतेदेखि आन्दोलित सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरुको आज बसेको बैठकले मंसिर १५ देखि गोलाप्रथालाई कार्यान्वयनमा लैजाने निर्णय लिएको हो ।


गोलाप्रथा कार्यान्वयन गर्ने निर्णय गरको न्यायाधीशहरुबीच बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक राख्ने निर्णय पनि गरेका छन् । यसअघि नै सर्वोच्चमा गोलाप्रथासम्बन्धी नियम लागु गर्नका लागि न्यायाधीशहरु छलफलमा जुटेका थिए । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयनका क्रममा गोलाप्रथा लागु गर्न लागिएको हो । 


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित न्यायाधीशहरुको यसअघि बसेको फुलकोर्ट बैठकले गोलाप्रथा कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।


सर्वोच्च अदालत नियमावली दोस्रो संशोधन सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । बिहीबारको फुलकोर्टको निर्णयपछि यो कार्यान्वयनमा जानेछ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes