मोनाका पदाधिकारीलाई सांसदको आग्रह, “उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस्”

कालञ्जर

कात्तिक २


बेनी । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका सदस्य भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । मङ्गलबार सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी) को चौथो महाधिवेशनको उद्घाटन गर्दै सांसद थापाले यस्तो बताएका हुन् । 


मोनामा आबद्ध सदस्यहरुले देशको आयस्रोत वृद्धि हुने गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद थापाले कृषि तथा पशुपंक्षी फर्म स्थापना र सञ्चालन, जलविद्युत र पर्यटनका क्षेत्रको विकासमा ध्यान दिन सुझाएका थिए । म्याग्दी जिल्लाको गरिबीलाई न्युनीकरण गर्नेगरी मोनाले लगानी गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘अनुत्पादक क्षेत्र होइन, उत्पादनमूलक क्षेत्रमा लगानी गरौं ।’




आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताउँदै सांसद थापाले मोनालाई राजनीतिमुक्त संस्था बनाउन आग्रह गरेका छन् । नजिकिँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा पनि म्याग्दीको वर्चस्व कायम राख्न मोनाका नेताहरुलाई आग्रह गर्दै उनले जिल्लामा मोनामार्फत भएको भौतिक निर्माण तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।


महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राखेका बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, नेकपा माओवादी (केन्द्र) म्याग्दीका संयोजक रेशम जुग्जाली, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलगातयतले मोनामार्फत म्याग्दी जिल्लामा भए गरेका सामाजिक गतिविधि तथा भौतिक निर्माणको प्रशंसासहित आगामी दिनमा समेत सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । 




यसैगरी कार्यक्रममा मोना आईइसीका निवर्तमान अध्यक्ष चक्रबहादुर थापा, संस्थापक अध्यक्ष प्रकाश पुन, पूर्व अध्यक्ष योगेन्द्र क्षत्री, विधान संयोजक तिलक मल्ल, मोना न्युजिल्याण्डका अध्यक्ष लालबहादुर केसी, मोनाका संरक्षकद्वय सुवासकुमार श्रेष्ठ, शिवकुमार बरुवाल, मोना जापानका महासचिव गणेश श्रेष्ठ, युएई अध्यक्ष सुवास राम्जाली र कतारका अध्यक्ष नरेन्द्र फगामीले मन्तव्य राखेका थिए । मोनाका महासचिव बिक्रम कार्कीले कार्यक्रम सञ्चालनसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेको महाधिवेशनको उद्घाटनसत्रमा अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष मिम पूर्जाले स्वागत गरेका थिए । 


कार्यक्रमको अवसरमा राष्ट्रिय कलाकारद्वय कुमार पुन र नेशन पूर्जाले आ–आफ्नो साङ्गीतिक प्रस्तुती दिएका थिए । महाधिवेशनको उद्घाटनसत्र सुरु हुनुपूर्व नौमती बाजासहिते विभिन्न जातजातिहरु सहभागी ¥यालीले जातीय भेषभुषासहित सदरमुकाम बेनीबजारको परिक्रमा गरेका थिए । 




कार्यक्रमको अवसरमा सहभागी कलाकार, सहयोगी संस्था र मोनाका पूर्व अध्यक्ष एवं पदाधिकारीलाई सम्मान गरिएको थियो । 




महाधिवेशनमा भौतिक तथा भर्जुअल माध्यमबाट गरी विभिन्न २० वटा देशबाट २ सय ६१ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ । दुईवर्षे कार्यकाल रहेको मोनाको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मिम पूर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव बिक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । 



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes