मोनाको चौथो महाधिवेशन आजदेखि बेनीमा शुरु हुँदै

कालञ्जर

कात्तिक २



बेनी । म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशन आजदेखि सदरमुकाम बेनीमा शुरु हुँदैछ । सोमबार बेनीस्थित मोनाको मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।


पत्रकार सम्मेलनमा बोल्दै चौथो अधिवेशनका संयोजक मिम पुर्जाले दुई दिनसम्म चल्ने महाधिवेशनको सबै तयारी पुरा भएको जानकारी दिएका छन् । कोरोना महामारीबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्दै महाधिवेशन सम्पन्न हुने संयोजक पुर्जाले जानकारी दिएका छन् । 


मोनाको संसारभरका २० देशमा क्रियाशील राष्ट्रिय समितिबाट छानिएका २६१ जना प्रतिनिधिहरुले भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता जनाई नयाँ नेतृत्व छनोट गर्ने मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले जानकारी दिए । 




महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न जातजातिहरुको सहभागितामा साँस्कृतिक झाँकी सहितको ¥यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरेपछि जिल्ला समन्वय समितिको सभाकक्षमा महाधिवेशन शुरु हुने पनि अध्यक्ष जुग्जालीले बताए । म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्ने महाधिवेशनमा चर्चित राष्ट्रिय कलाकारहरु कुमार पुन, नेशन पुन लगायत स्थानीय कलाकारको समेत प्रस्तुति रहने जानकारी गराइएको छ ।


नेतृत्वमा तीन जनाको दावी

यसैबीच मोनाको चौथो महाधिवेशनबाट संस्थाको आगामी नेतृत्वको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन मण्डलका संयोजक सुवासकुमार श्रेष्ठका अनुसार मोनाको आगमी नेतृत्वको दावी गर्दै वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएका मध्ये पुर्जा नेदरल्याण्ड, छन्त्याल अमेरिका र कार्की कतारमा क्रियाशील छन् । पत्रकार सम्मेलनमा सहभागी मोनाका वर्तमान महासचिव विक्रम कार्कीले नयाँ नेतृत्व सहमतिमै छनोट गर्ने तयारी भैरहेको बताउँदै यसैकारण कतिपय पदमा उम्मेदवारी नपरेको खुलासा गरे । 



मोनाको विधानअनुसार चौथो महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ३, महिला उपाध्यक्ष १, महासचिव १, सचिव २, प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, महिला उप–संयोजक, क्षेत्रीय संयोजक र उपसंयोजक ५/५ जना छनोट गर्नेछ ।


जिल्लाको सामाजिक र आर्थिक क्षेत्रको विकास गर्ने उद्देश्यले गठन भएको मोनाले म्याग्दीको स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छ । यसका साथै विपद्मा परेका जिल्लाबासीलाई पनि संस्थाले सहयोग गर्दै आएको छ । पछिल्लोपटक म्याग्दीका विभिन्न पालिकामा पहिरोपीडित बनेका ४० घरपरिवारलाई घर निर्माण गरी मोनाले हस्तान्तरण गरिसकेको छ । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes