“गण्डकीमा लगानीमैत्री वातावरण निर्माण गर्छाैं”ः मन्त्री थापा

कालञ्जर

कार्तिक ५



बेनी । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गरिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार म्याग्दीको उद्योग वाणिज्य संघद्वारा संस्थाको सचिवालयमा आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो जानकारी गराएका हुन् । 


यसअघि निर्माण गरिएका कतिपय कानुनहरु अप्ठ्यारा र झन्झटिला रहेको बताउँदै कानुन मन्त्री थापाले यसलाई संशोधन गर्न आवश्यक रहेको धारणा राखेका थिए । लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले भने, “उद्योग, व्यवसायहरु दर्ता तथा नवीकरणसम्बन्धी विधेयक प्रदेश सभाबाट पास गरिसकिएको छ । प्रदेश राजधानी पोखरामा कम्पनी रजिष्टारको कार्यालय र जिल्ला जिल्लामा शाखा कार्यालयहरु स्थापना गर्ने गरी अघि बढेका छौं।” 




प्रदेश राजधानीमा कम्पनी रजिष्टारको कार्यालय र जिल्लामा शाखा कार्यालय स्थापना भएपछि उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्न सहज हुने बताउँदै मन्त्री थापाले कर छुट एवं जरिवाना न्युनीकरणमा समेत सहजता आउने बताए । पोखरा उद्योग वाणिज्य संघमा लामो समय नेतृत्व गरेको अनुभव सुनाउँदै मन्त्री थापाले अहिले कानुन निर्माण गर्ने ठाउँमा पुगेको बेला पुराना अनुभव उपयोग गरी उद्योगी, व्यवसायीअनुकूलक हुने गरी काम गर्ने प्रतिबद्धता सुनाएका थिए ।


सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले फर्निचर तथा क्रसर उद्योग दर्ता र सञ्चालनमा समस्या रहेकाले यसलाई कानुन संशोधन वा नयाँ कानुनमार्फत सच्याउनुपर्ने आवश्यकता औंल्याएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योग दर्ता र नवीकरण गर्न उद्योगीलाई समस्या रहेको भन्दै पर्वत र बागलुङमा समस्या आएको अवस्थामा पनि म्याग्दीले विद्युत अनियमितता झेल्न बाध्य भएकाले समाधान गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष लिलाराम गौतम, कार्यसमिति सदस्य सरोज बानियाँ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले आ–आफ्नो धारणासहितका सुझाव प्रस्तुत गरेका थिए । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes