स्थानीय तहको चुनाव चैतमा गर्न निर्वाचन आयोगको प्रस्ताव

कालञ्जर

कार्तिक ८


बेनी । स्थानीय तहको चुनाव आगामी चैतको पहिलो साता गर्न निर्वाचन आयोगले सरकारसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव गर्न भनेको हो ।


स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन । त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes