अमेरिकाबाट आयो एक लाख फाइजर खोप

कालञ्जर

कार्तिक ८


बेनी । अमेरिकाले नेपाललाई एक लाख ६ सय २० मात्रा फाइजर खोप प्रदान गरेको छ । सोमवार बिहान ९ बजे खोप त्रिभुवन विमानस्थल आइपुगेको खोप स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।


नेपालका लागि अमेरिकी दूतावासले कोभ्याक्स सुविधा अन्तर्गत खोप नेपाललाई सहयोग गरिएको सूचना जारी गरेको छ । 


यसअघि गत असारमा पनि अमेरिकाले जेन्सन एण्ड जेन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।


नेपालमा १८ वर्षमाथिका नागरिकले कोरानाविरुद्धको खोप लगाएका छन् । आज आइपुगेको फाइजर खोप १२ वर्षमाथिका किशोरकिशोरलक्षित रहेको बताइन्छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes