जनपत्रकार सङ्गठन म्याग्दीको अध्यक्षमा शाही

कालञ्जर

कार्तिक ८


बेनी । जनपत्रकार सङ्गठन नेपाल, म्याग्दीको प्रथम भेलाले बादल शाहीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरेको छ । सोमबार सदरमुकाम बेनीमा आयोजित एक भेलाले शाहीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।


सङ्गठनको नयाँ कार्यसमितिकोे उपाध्यक्षमा मनीषा सुनार, निशा परियार, सचिवमा मिलन बोहोरा, सह–सचिवमा विशाल परियार, कोषाध्यक्षमा अनिता रहेका छन् । सङ्गठनको सदस्यहरूमा दलप्रसाद तिलिजा, सुमन थापा, विक्रम बोहरा, मिडियाना विश्वकर्मा, सपना मगर र कृष्णराज पौडेल रहेका छन् ।


अध्यक्षमा निर्वाचित शाही बेनीबाट सञ्चालित सूर्योदय न्युज डटकमका प्रकाशक हुन्।


भेलामा सङ्गठनको जिल्ला एवं प्रदेशस्तरका नेता पनि सहभागी रहेका थिए ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes