थप नौ वडामा एमाले म्याग्दीको वडा कमिटी गठन
कालञ्जर
कात्तिक ७
बेनी । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत हिजोदेखि शुरु भएको वडा अधिवेशन सम्पन्न हुने क्रम जारी छ । यसक्रममा म्याग्दीका ५ ओटा गाउँपालिकाका थप नौ ओटा वडामा वडा कमिटी गठन भएको विवरण प्राप्त भएका छन् ।
प्राप्त विवरण अनुसार अन्नपुर्ण गाउँपालिकाको ५ नम्बर वडामा तेजबहादुर पुर्जाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । त्यसैगरी धवलागिरी गाउँपालिकाको ५ र ६ नम्बर वडामा क्रमशः घनबहादुर दर्जी र ज्ञानबहादुर गर्बुजा नेतृत्वमा छनोट भएका छन् । यता, मङ्गला गाउँपालिकाको ३ र ४ मा क्रमशः कुलबहादुर थापा र अर्जुन रोका अध्यक्षमा निर्वाचित भएका छन् ।
नेकपा एमाले म्याग्दीले दिएको जानकारी अनुसार मालिका गाउँपालिकाको २ र ५ नम्बर वडामा क्रमशः उदयबहादुर बुढाथोकी र कुमार बुढाथोकी वडा कमिटीको अध्यक्षमा चयन भएका छन् भने रहुगङ्गा गाउँपालिकाको ४ र ५ नम्बर वडामा क्रमशः इन्द्रमान थजाली र तेजु शेरपुञ्जाले वडा कमिटीको नेतृत्व गर्नेछन् ।
यसअघि शनिबार एमाले म्याग्दीले जिल्लाको ४५ मध्ये २५ वडामा नयाँ कमिटी गठन गरेको थियो । योसँगै एमालेले ३४ ओटा वडा कमिटीमा सर्वसम्मतरुपमा ढङ्गले नयाँ वडा कमिटी गठन गरेको छ ।
नेकपा एमालेको विधानअनुसार वडा तहमा पदाधिकारीसहित बढीमा ३१ जना निर्वाचित हुनसक्ने व्यवस्था छ ।