मोना अन्तराष्ट्रियको अध्यक्षमा अमर छन्त्याल चयन

कालञ्जर

कात्तिक ४



बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित भएका छन् । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न संस्थाको चौथो महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बस्दै आएका छन्त्यालको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन मण्डलका संयोजक सुवासकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

संयोजक श्रेष्ठका अनुसार नयाँ कार्यसमितिका पदाधिकारीहरु निम्नानुसार छनोट भएका छन्ः

अध्यक्षः अमर छन्त्याल (अमेरिका)

वरिष्ठ उपाध्यक्षः ददिबल खड्का (जापान)

उपाध्यक्षहरूः

सुर्य भट्टचन (पोर्चुगल)

जङ्गवहादुर पुन (युके)

नन्द गर्बुजा (युएई),

महिला उपाध्यक्षः पुर्णिमा पाईजा (हङकङ),

महासचिवः हरि रामजाली (अष्ट्रेलिया)

सचिवः सुनेश केसी (दक्षिण कोरिया)

विष्णु बरूवाल सुबोध (साउदी अरब)

कोषाध्यक्षः महेन्दञ् खड्का (जापान)

प्रवक्ताः हिक्मत श्रेष्ठ (अष्ट्रेलिया)

मङ्गलबार सदरमुकाम बेनीमा शुरु भएको महाधिवेशनको बन्द सत्रले 

प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्ने र विधान संशोधनको काम बुधबारै सकेको थियो । तर, संस्थाको नयाँ पदाधिकारी छनोट गर्ने विषयमा सहमति नहुँदा सुचना प्रकाशित गरेरै बिहीबार बिहान १० बजेसम्मका लागि बन्द सत्र स्थगित गरिएको थियो ।




विदेशमा छरिएका रहेका म्याग्देलीहरुलाई एउटै छातामुनि गोलबन्द गर्ने, जिल्लाको सामाजिक आर्थिक र शैक्षिक विकासका लागि हातेमालो गर्ने र म्याग्देलीहरुले विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी रोजगारी र आयआर्जन वृद्धि गर्ने उद्देश्य बोकेर सन् २००७ मा म्याग्दी प्रवासी नेपाली संघ (मोना) को स्थापना गरिएको थियो ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes