बैंकहरुले अब आफुखुशी ब्याजदर तोक्न नपाउने

कालञ्जर

कात्तिक ३




बेनी । बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि आफुखुशी कर्जा र निक्षेपको ब्याजदर निर्धारण गर्न नपाउने भएका छन । मङ्गलबार एक सुचना प्रकाशन गरी नेपाल राष्ट्र बैंकले बैंकहरुलाई लगाम लगाएको हो ।


मंगलबार तीन बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंकहरुले कात्तिक १ गतेदेखि लागु हुने गरी बढाएको निक्षेपको ब्याज घटाउने गरी हस्तक्षेप गरेको हो । विभिन्न बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पु¥याएका थिए । यसले गर्दा शेयर बजारमा लगातार ठूलो गिरावट आइरहेको छ । निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर पनि बढेको छ ।


केन्द्रीय बैंकले अब जुनसुकै निक्षेपको ब्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने व्यवस्था गरेको छ । यसको अर्थ, कुनै बैंक तथा वित्तीय संस्थाले असोजमा निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको रहेछ भने उसले यसको १० प्रतिशत हुन आउने शुन्य दशमलव ७ प्रतिशत बिन्दुले मात्र ब्याज परिवर्तन गर्न सक्छ ।




त्यसैगरी, संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याजदर अब सर्वसाधारणले पाउनेभन्दा थोरै हुने भएको छ । संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याजदर अब सर्वसाधारणले मुद्दति निक्षेपमा पाउने ब्याजदर भन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनेछ । 


आजबाटै यो ब्याजदरको नयाँ व्यवस्था लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes