मन्त्री बनेको ३ दिनमै गजेन्द्र हमालले दिए राजीनामा

बेनी

असोज २४


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन् । 


प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेको भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि हमालले आफू विवादमा फस्न नचाहने भन्दै राजीनामा दिएका हुन् । उनी प्रधानन्यायाधीश राणाका जेठान हुन् ।


सांसद नरहेका उनी असोज २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes