रेडक्रस म्याग्दीको संयोजकमा अमर बानियाँ

बेनी

असोज २४



नेपाल रेडक्रस सोसाईटी, म्याग्दीको संयोजकमा अमर बानियाँ छनोट भएका छन । लेखबहादुर हमाल नेतृवको यसअघि निर्वाचित कार्यसमितिको समयावधि सकिएपछि केन्द्रीय कार्य समितिले बानियाँको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो ।


तदर्थ समितिको सदस्यहरुमा यामबहादुर चोखाल, सुरत केसी, मोतीराज शर्मा, लेखबहादुर हमाल, भीमकुमारी बुढा, विष्णुकुमारी रोका, विष्णुकुमारी गर्वुजा, काशीराम रेग्मी, नवराज पौडेल, शिव बानियाँ, सानुमायाँ गुरुङ, चिरञ्जीवी बोगटी, मनोज पौडेल रर यममती रोकालाई चयन गरिएको छ ।

 



नेपाल रेडक्रस सोसाइटी, म्याग्दीका अनुसार संस्थाका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा हस्ताक्षर गरिएको पत्रमा बानियाँलाई संयोजक तोकिएको छ । रेडक्रसको विधानको दफा ३५ को १ बमोजिम तदर्थ समिति गठन गरिएको रेडक्रसले जनाएको छ । 


म्याग्दीमा विगत लामो समयदेखि रेडक्रस अभियानमा क्रियाशील रहेका बानियाँ निवर्तमान कार्यसमितिमा उपभापति थिए ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes