नेकपा (एस) म्याग्दीको इन्चार्जमा बानियाँ र सहइन्चार्जमा सुवेदी

कालञ्जर

कात्तिक १

मुना बानियाँ


बेनी । नेकपा (एकीकृत समाजवादी) म्याग्दीको इन्चार्जमा मुना बानियाँ र सहइन्चार्जमा गोविन्द सुवेदी छनोट भएका छन् । म्याग्दीका पुराना कम्युनिष्ट नेताका रुपमा क्रियाशील बानियाँ र सुवेदीलाई हालै गठन भएको माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीले जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिएको हो । 


गोविन्द सुवेदी

हालै काठमाडौंमा सम्पन्न एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको बताइएको छ ।


नेकपा (एमाले) परित्याग गरेका बानियाँ र सुवेदी म्याग्दीका पुराना कम्युनिष्ट नेतामध्ये पर्छन् ।


नेकपा (एमाले) को महासचिवका रुपमा १४ वर्ष पार्टी हाँकेका पुर्व प्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले हालैमात्र नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes