राप्रपा म्याग्दीको अध्यक्षमा थापा दोहोरिए
बेनी
भदौ ३१
राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको अध्यक्षमा पुनः वीरबहादुर थापा छनोट भएका छन् । बुधबार बेनीमा सम्पन्न सो पार्टीको सातौं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको सदस्यहरुमा भीमप्रसाद गौचन, जगतप्रसाद गौचन, जगतनारायण गौचन, एकेन्द्रबहादुर रावल, रामबहादुर शाही, विश्वकुमार मल्ल, सन्जु बरुवाल, अनु पुन, चन्द्रबहादुर कुँबर, डम्बरबहादुर सुवेदी, भीमबहादुर केसी, हरिबहादुर शाक्य, चन्द्रबहादुर शेरचन, हिक्मत शेरचन, नरबहादुर शाही, तोपबहादुर केसी, टेकबहादुर कार्की, खिमबहादुर शाही (अर्जुन), जगत पुन, हिरा विक, लिलसरा बुढामगर, फुलकुमारी कार्की (भण्डारी), योगेन्द्रमान शेरचन र जिविन्द्र छन्त्याल (जीवन) रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो पूर्ण वैठकले मनोनित सदस्यसहित पदाधिकारी चयन तथा कार्य विभाजन गर्ने जनाएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री भीमप्रसाद गौचनले देशमा राजासहितको हिन्दुराज्यको स्थापना हुनुपर्ने विचार व्यक्त गरेका छन् । परिवर्तित सन्दर्भमा स्थानीय तहलाई अझै स्वायत्त बनाउनुपर्ने बताउँदै पूर्वमन्त्री गौचनले प्रजातन्त्रको सुदृढीकरणका लागि समयमै चुनाव हुनुपर्ने पार्टीको धारणा पनि राखेका थिए ।
‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारा तय गरिएको जिल्ला अधिवेशनका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यहरु जगतप्रसाद गौचन, एकेन्द्रबहादुर रावल, रामबहादुर शाही, प्रदेश कार्यसमिति क्षेत्रीय अध्यक्ष विनोद भट्टचन, जिल्ला नेता तथा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र विश्व मल्लले मन्तव्य राखेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष जगतनारायण गौचनको स्वागत र सचिव योगेन्द्रमान शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।