नेकपा (एस) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा

बेनी
भदौ ३१


नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा छनोट भएका छन् । बुधवार सदरमुकाम बेनीमा आयोजित सो पार्टीको जिल्ला भेलाले विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

कमिटीको उपाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः हेमराज शर्मा, दुर्गा कार्की जीवन सापकोटा चयन भएका छन् ।


 

भेलालाई सम्बोधन गर्दै नेकपा (एस) पार्टीका केन्द्रीय सदस्य चुडामणी जंगलीले केपी ओलीका कारण आफुहरुले पार्टी छाड्नुपरेको बताउँदै अध्यक्ष ओलीमा नैतिकता नभएको आरोप लगाए ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश कमिटीका सचिब प्रताबलाल श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गम्भीर दुर्घटनातिर लैजान खोजेको तर माधव नेपालको अगुवाइमा नेपालको लोकतन्त्र र संविधान जोागाउने काम भएको जिकिर गरेका थिए ।




भेलालाई पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा, प्राध्यापक डाक्टर हुमबहादुर बरुवाल, केन्द्रीय उद्योग विभागका सदस्य याम श्रेष्ठ, अमर बानियाँ लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टीले जनताको मन जित्ने एजेन्डा बोकेकोले छिटै नै लोकप्रिय पार्टीका रुपमा स्थापित हुने धारणा राखेका थिए ।

नेता देउप्रसाद छन्त्यालको अध्यक्षता, कृष्णकुमार विश्वकर्माको स्वागत र रुद्र किसानको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।        

संगठन विस्तारमा ६ महिना 

यसैबीच नेकपा (एस) म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले आगामी ६ महिनाभित्र जिल्लाव्यापी संगठन निर्माण गर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष विश्वकर्माले जनताको मन जित्ने गरी आगामी ६ महिनाभित्र जिल्लाभर संगठन विस्तार गरिने बताएका हुन् । 

६ महिनाभित्र जिल्लामा संगठन निर्माण र विस्तारको अभियान चलाउने कार्यतालिका बनाएको बताउँदै अध्यक्ष विश्वकर्माले पार्टीलाई छोटो समयमै गतिशिल बनाउन आफु प्रयासरत रहने प्रतिबद्धता जनाएका छन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes