बेनीमा पोषणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

बेनी
भदौ ३१



म्याग्दीे सदरमुकाम बेनीमा पोषण विशेष कार्यक्रमसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा आइतबारदेखि तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिममा सक्रियतापूर्वक सहभागी भई आगामी दिनमा कुशल प्रशिक्षक बन्न सहभागीहरुलाई सुझाव दिए । अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्र कति संवेदनशील रहेछ भन्ने विषय स्वास्थ्यको क्षेत्रभन्दा बाहिरका मानिसले समेत बुझ्ने मौका पाएको बताउँद केसीले पछिल्लो समय स्वास्थ्य क्षेत्रको संवेदनशीलता र महत्व बढ्दै गएको धारणा राखेका थिए ।



म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अहिले विश्व समुदाय कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको र तेस्रो लहरको संघारमा रहेकाले यसबाट जोगिन तथा जोगाउँदै खोप पनि सञ्चालन गर्नुपर्ने अभियानमा रहेको बताए । गरिबीको मुख्य सूचक कुपोषण रहेको बताउँदै प्रजिअ अधिकारीले कुपोषण नभएको समाज एडभान्स समाज रहेकोले त्यसको उपलब्धिका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने धारणा राखेका थिए ।
  
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रमलाई समुदायमा छिटो लैजान तालिम आयोजना गरिएको जानकारी दिँदै गरिबीको मुख्य कारण कुपोषण भएकाले यसलाई हटाउनुपर्ने बताए । एक सातासम्म सञ्चालन हुने तालिममा जिल्लाको ६ वटा स्थानीय तहको स्वास्थ्य शाखाबाट २ जनाका दरले सहभागिता रहेको छ । 



पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेजका तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने, पोषणसम्बन्धी व्यवहार सुधारका लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप एवं धारणामा सकारात्मक परिवर्तन गर्न र कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्शसम्बद्ध ज्ञान, सिप र क्षमताको विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । 

तालिमको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रम बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रुबी जोशी, रामचन्द्र पन्थी, मिरा बम र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहेका छन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes