मोना जापानको अध्यक्षमा सचिन श्रेष्ठ छनोट
बेनी
असोज ३
अध्ययन र रोजगारको सिलसिलामा जापान पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्षमा सचिन श्रेष्ठ छनोट भएका छन् । आइतबार जापानमा सम्पन्न सातौँ अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा छनोट भएको बताइएको छ ।
कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विशाल केसी, उपाध्यक्षमा ओमप्रकाश तुलाचन, हेम जुग्जाली, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा सागर कार्की, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सह–कोषाध्यक्षमा खिमबहादुर पुन र महिला संयोजकमा धना पुर्जा रहेका छन् ।
त्यसेगरुी समितिको सदस्यहरुमा कविता भट्टचन, प्रदिप मगर, जीवन थापा मगर, रेखा केसी, दिपक सुवेदी, सिमन पुन चयन भएका छन् । अधिवेशनबाट युवा संयोजकमा निरोज पुन, सांस्कृतिक संयोजकमा ढकप्रसाद जुग्जाली, र भेगीय संयोजकमा भुपेन्द्र बरुवाल चयन भएको नबनिर्वाचित महासचिव गणेश श्रेष्ठले जानकारी दिए ।
म्याग्दीको बेनी स्थायी घर भएका अध्यक्ष श्रेष्ठले बिगत १५ वर्षदेखि जापानमा व्यबसाय गर्दै आएका छन् । मोना जापानले त्यहाँ रहेका म्याग्देलीहरुको समस्यामा सहयोग गर्दै आएको छ । जिल्लाका सामाजिक, सांस्कृतिक र खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पु¥याउदै आएको छ ।
यसअघि मोना, जापानको विधान साङ्गठनिक संरचनाप्रति असन्तुष्टि जनाउँदै जापानको क्षेत्रीय शनिबार समितिले संयुक्त विज्ञप्ति प्रकाशन गरी अधिवेशन बहिष्कार गरेका थिए ।
क्षेत्रीय समितिहरुको माग अनुसार संस्थाको विधान संशोधन हुनुपर्ने, भूगोलका आधारमा समावेशी प्रतिनिधित्व र सहअस्तित्व सुनिश्चित हुने गरी विधान संशोधन हुनुपर्ने थियो । तर, आधा दर्जन क्षेत्रीय समितिको मागबारे कुनै छलफल नै नभई नयाँ कार्यसमिति छनोट भएको छ ।
