भोलिदेखि नयाँ नोट साट्न पाइने

बेनी

असोज ३


यस वर्षको दसैंका लागि चाहिने नयाँ नोटहरु भोलिदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले भोलिदेखि दसैं र तिहारलक्षित नयाँ नोट सटहीको व्यवस्था गरेको हो ।


राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाइने छ ।


सर्वसाधारणले ५, १०, २० र १०० रुपैयाँ साट्न पाउनेछन् । यस वर्ष दशैं तिहारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने तयारी भएको नेपाल राष्ट्र बेंकले बताएको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes