अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रेशम केसी
बेनी
असोज २
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा रेशम केसी छनोट भएका छन् । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनले रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः भाइरथ पाण्डे हेमन्त पाण्डे, सचिवमा विवेक केसी, सह–सचिवमा सुस्मिता बाँनिया, सज्जन आचार्य, कोषाध्यक्षमा आइतराम तामाङ रहेको निर्वाचन अधिकृत सन्दिप खत्रीले जानकारी दिए ।
समितिको सदस्यहरुमा सन्दिप खत्री, किरन केसी, पुजा बराईली, प्रभु थापा, सन्दिप शर्मा, रिता खत्री, गकुल थकाली, अनिल भण्डारी कृष्ण थापा लगायत रहेको अनेरास्ववियू म्याग्दीले जनाएको छ ।
कार्यक्रमममा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिका सदस्य एवम् युवा नेता टेकबहादुर विक, विशिष्ट अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायत जिल्ला नेताहरुको उपस्थित रहेको थियो ।
