नेपाली काँग्रेस म्याग्दीको ४३ वडामा अधिवेशन सम्पन्न (नामसहित)

बेनी

भदौ १९


सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि शुरु भएको छ । नवीकरण भएका केही नाम र क्रियाशील सदस्यहरुको विवरण प्राप्त नभएकोले अन्नपुर्ण गाउँपालिकाको १ र ८ दुई वडाबाहेकका वडाहरुमा अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी गराएका छन् । महाधिवेशनको आरम्भिक चरणको कार्यक्रमअन्तर्गत ४१ वडामा सर्वसम्मत र दुईओटा वडामा निर्वाचनमार्फत३ वडा अधिवेशन सम्पन्न भएको बताइएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार सम्पन्न वडा अधिवेशनबाट वडा तहको नेतृत्व गर्ने गरी निर्वाचित सभापतिहरु निम्नअनुसार रहेका छन्ः



अन्नपुर्ण गाउँपालिका

१. दोवाः

२. भुरुङ तातोपानीः रेखिराम पुर्जा

३. दानाः सुरत केसी

४. नारच्याङः समप्रसाद पुन

५.शिखः अर्जुन चोचाङ्गी

६. घारः कृष्णबहादुर बरुवाल

७. हिस्तानः खुमबहादुर पुर्जा

८. राम्चेः

 बेनी नगरपालिका

१. रत्नेचौरः कमल थापा

२ ज्यामरुककोटः यामबहादुर कार्की

३ भकिम्लीः जसबहादुर पाइजा

४. सिङ्गाः सुमन बानियाँ

५. पुलाचौरः यामबहादुर बानियाँ

६. अर्थुङ्गेः जीवन पौडेल

७. बेनीः रमेश श्रेष्ठ

८. बेनीः हिमबहादुर भण्डारी

९. घतानः सुवर्ण खत्री

१०. पात्लेखेतः शिवबहादुर शाही


धवलागिरी गाउँपालिका

१. गुर्जाः केआइ सिंह छन्त्याल

२. लुलाङः ज्ञानबहादुर पाइजा

३. मुनाः जङ्गबहादुर भण्डारी

४. मुदीः योगेन्द्र घर्ती

५.मल्कबाङः अमर छन्त्याल

६. मराङः योगेन्द्र गुरुङ

७. ताकमः थमबहादुर पुन


 मङ्गला गाउँपालिका

१. कुहुँः रामबहादुर खत्री

२. बाबियाचौरः श्रीभद्र शर्मा

३. बराङजाः टेकबहादुर छन्त्याल

४. बराङजाः लालबहादुर रोका

५. अर्मनः तुल्सीराम कँडेल


 मालिका गाउँपालिका

१. निस्कोटः भवबहादुर पुन

२. रुमः चन्द्रबहादुर पुन

३ं डाँडागाउँः हरिप्रकाश पुन

४. ओखरबोटः तमबहादुर पुन

५. देवीस्थानः झकबहादुर घर्ती

६. दरबाङः गोपाल गौतम

७. बिमः टुकमान गर्बुजा


 रघुगङ्गा गाउँपालिका

१. बेगखोलाः सुर्य गर्बुजा

२. भगवतीः राजकुमार भण्डारी

३. पिप्लेः अशोक भण्डारी

४. दग्नामः कृष्ण गर्बुजा

५. झिँः गोविन्द पाइजा

६ पाखापानीः भेषबहादुर शेरपुञ्जा

७. चिमखोलाः प्रदीप पाइजा

८. कुइनेमङ्गलेः गमान छन्त्याल


नेपाली कांग्रेस म्याग्दीमा आबद्ध २ हजार ८ सय ३९ जना क्रियाशील सदस्यमध्येबाट वडा सभापति सहितका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु चयन भएको बताइएको छ ।


नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले अन्नपुर्ण गाउँपालिकाको दोवा र राम्चेमा भदौ २३ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिने जानकारी दिए । “हामीले ४५ मध्ये ४१ वडामा सहमतिमै नेतृत्व छनोट गरेका छौं,” सभापति गर्बुजाले भने, “अब बाँकी रहेका अधिवेशन पनि सहमतिमै सम्पन्न गर्छौं ।”


नेपाली कांग्रेस म्याग्दीको सभापतिका लागि आधा दर्जनको दावी रहे पनि निवर्तमान सभापति रेशम बानियाँ र वर्तमान सभापति खमबहादुर गर्बुजाको बीचमा नै मुख्य प्रतिस्पर्धा हुने नेपाली कांग्रेस म्याग्दीका कार्यकर्ताहरु बताउँछन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes