लुलाङको दरखोला लघुजलविद्युत परियोजना बाढीले बगायो

बेनी
भदौ २१
फाइल तस्वीर
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङमा रहेको दरखोला लघुजलविद्युत परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गए राति परेको पानीका कारण आएको बाढीले ४५ किलोवाट क्षमताको सो परियोजनाको विद्युतगृह बगाएको हो ।

धवलागिरी गाउँपालिकाका अध्ययक्ष थमसरा पुनका अनुसार नदीको तटीय क्षेत्रमा पहिरो र बाढीको कारण परियोजनाको करिब १ करोड ५० लाख बढीको क्षति भएको छ । अध्यक्ष पुनका अनुसार दुई बर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले बिजुली बाल्दै आएका थिए ।

लुलाङ आधारभुत विद्यालयका प्रधानध्यापक नागेन्द्र ठाकुरका अनुसार बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । 

२०७२ साउनमा जुगेपानीमा आएको पहिरोले क्षति पुगेको विद्युतगृह र नहर दुई वर्षअघि पुनर्निर्माण गरिएको थियो । तर, यसपटकको बाढीले परियोजना बगाएपछि लुलाङको बस्ती अन्धकारमय भएको छ ।

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes