‘विख्यात आरोही निर्मल पुर्जाको अनभुवः तालिबानको आक्रमणबाट जोगिन अनेक उपाय गरियो’

बेनी
भदौ १७
पुस्तक अंश 

तालिवानी हमला र उसले अफगानिस्तान कब्जा गर्न गरेका हरसैन्य अभ्यासका कारण धेरै नेपाली प्रताडित भए ।

अफगानिस्तानमा मात्रै होइन, विगतमा पाकिस्तानी तालिवानका कारण पनि नेपालीले ज्यान गुमाए, सास्ती भोगे ।

पाकिस्तानी तालिवानका कारण तनाव झेल्ने धेरै नेपालीमध्येका एक हुन्, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा । हिमाली जिल्ला म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले आम मान्छेलाई मात्रै होइन, पर्वतारोहणमा ख्याति कमाइसकेका जोकसैले आटन नसक्ने काम गरेर देखाए । यसैकारण यिनको चर्चा नेपाल र विदेशमात्र फैलिएएन, उनको चर्चासँगै म्याग्दीको नाम पनि चर्चामा रह्यो । 

चितवनबाट बेलायती गोर्खा सैनिक र बेलायतको स्पेशल फोर्स हुँदै आरोहणमा आएका पुर्जाले तालिवानका तर्फबाट हुन सक्ने सम्भावित आक्रमण वा समस्या झेल्न अपनाएका केही तरिका पनि रोचक छन् ।

बेलायती सेनामा काम गरिसकेका र विश्वभर चर्चा पाएका आरोही पुर्जालाई तालिवानले मार्न सक्थे । किनकि, उनीहरुले बेलायती फौजीलाई मन पराउँदैनथे । उनले मारिनबाट जोगिन अपनाएका तरिकबारे आत्मकथा ‘बियोन्ड पोसिबल’मा सविस्तार बयान गरेका छन्, जुन किताव सन् २०२० मा प्रकाशित भैसको छ ।



पुर्जा ती आरोही हुन्, जसले सन् २०१९ मा ६ महिना ६ दिनमा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरामा पाइला टेकेका थिए । सुरुमा सन् २०१९ को अप्रिल २३ मा गृहजिल्ला म्याग्दीमा अवस्थित अन्नपूर्ण चुचुरो चढेका पुर्जाले अन्तिममा सन् २०१९ कै अक्टोबरमा चीनको सिसापाङ्मा चुचुरो चढेर कीर्तिमानी कायम गरे ।

सन् २०२१ को जनवरी १६ मा १० नेपालीले पहिलोपटक ८६११ मिटर अग्लो विश्वको दोस्रंो शिखर माउन्ट के टु विन्टर सिजनमा चढेर बनाएको रेकर्डका एक सदस्य पनि हुन्, पुर्जा । पुर्जाले आफ्नो पुस्तकमा सन् २०१९ मा तालिवानको तनावबारे रोचक प्रसङ्गहरु उल्लेख गरेका छन् ।

किताबको १९७औं  पृष्ठमा पुर्जाले लेखेका छन्, “समग्रमा पाकिस्तानको नांगा पर्वतमा चढ्नुको मेरो सबैभन्दा ठुलो तनाव चाहिँ मेरो टीम तालिवानको आतङ्कवादी आक्रमणले बढारिने त हैन भन्नेमा थियो । पाकिस्तानी साथीहरुसँग मेरो धेरै मज्जाको अनुभव थियो । तर, तालिवानको आक्रमणको सवाललाई हामीले प्रोजेक्ट पोसिबलको योजना बुन्ने बेलादेखि  बास्तविक सरोकारको बिषय बनाएका थियौं ।”

पृष्ठ २०१ मा उनी लेख्छन, “सम्भावित कुनै आतङ्ककारी हमला छल्नलाई मैले जुलाइभर पाकिस्तान जाने तीन फरक उडानको टिकट काटें ।”

यस्तै पृष्ठ २१५ मा पुर्जाले आफूहरुले तालिवानी आक्रमण नहोस् भन्नलाई होटल तथा लजमा नबसेर टेन्ट टाँगेर बसेको बताएका छन् ।

अन्ततः सन् २०१९ को जुलाई ३ मा पुर्जाले सफलतापूर्वक नांगा पर्वत आरोहण गरेका थिए ।

तालिवानसँग पुर्जा सशंकित हुनुको कारण

पुर्जाले सन् २०१३ मा आरोहीहरुलाई तालिवानले गरेको आक्रामणको प्रसङ्ग पृष्ठ १ सय ९८ मा निकालेका छन् । सन् २०१३ को जुन २२ मा अर्धसैनिक बलको पोशाकमा एके–४७ र चक्कुहरु लिएर आएका तालिवान आधार शिविर पसेका थिए । उनीहरुले १२ आरोहीलाई टेन्टबाट घिसारेर निकालेका थिए ।

उनीहरुको पासपोर्ट खोसिएको थियो । स्पार्ट फोन र ल्यापटपहरु ढुंगामा बजारेर फुटाइएको थियो । सोही रात चिनियाँ आरोही झाङ जिङचुवानबाहेक सबैलाइ हत्या गरियो । झाङ भने गोली हान्न शुरु गरेपछि डोरी चुँडाएर खाली खुट्टा भाग्न सफल भएका थिए ।

मर्नेहरुमा अमेरिकी, चिनियाँ, युक्रेनियन, लिथुआनियन, स्लोभाकियन, पाकिस्तानी र नेपाली थिए । तालिवानले आरोहीको वीभत्स हत्या गरेको उक्त घटनालाई ‘२०१३ नांगा पर्वत नरसंहार’ भनेर चिनिन्छ । ८१२५ मिटर उचाइको अवस्थित नांगा पर्वत पाकिस्तानको दोस्रो ठूलो चुचुरो हो । विश्वको भने नवौँ अग्लो हिमाल हो ।

सन् २०१३ को जुन २४ को बीबीसी अनलाइनको एक सामग्रीअनुसार पाकिस्तानी तालिवानका दोस्रो कमान्डर वालिउर रेहमान अमेरिकी ड्रोन आक्रमणमा मारिएको बदलामा तालिवानले आतङ्क मच्चाएका थिए ।

आक्रमणमा ‘के टु’ चुचुरो चढिसकेका नेपाली सोर्ना शेर्पा भने मारिएका थिए ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes