नेपाली सेनामा जागिर खुल्यो, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?
बेनी
भदौ ३१
नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जङ्गी अडडाले आजको गोरखापत्रमा एक सुचना छापेर ४६२ जना मागेको हो ।
सुचनामा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ ।
सैनिक तालिम वा आफ्नो कर्तव्य निर्वाह गर्नेक्रममा कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्था गरिएको सुचनामा उल्लेख छ ।
समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ ।
सैनिक उपचारिका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो। २२ जना पूजारीसमेत सेनाले माग गरेको छ ।
सुचनाअनुसार भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने र काठमाडौंको नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिनेछ ।
Đăng ký kênh để mở khoá nha
Tags:
समाचार
