नेपाली काँग्रेसको १४औं महाधिवेशन भोलिदेखि शुरु हुँदै

बेनी
भदौ १७



सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलिदेखि शुरु हुँदैछ । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका हुन् । देशभर एकैपकटक वडास्तरको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको सुरुआत हुने प्रवक्ता शर्माले बताए ।

प्रवक्ता शर्माले भनेका छन्, “नेपाली कांग्रेस पार्टी भदौ १८ गतेबाट विधिवत रुपले १४औं महाधिवेशनमा प्रवेश गर्दैछ, सामान्यतया महाधिवेशन भन्दै गर्दा केन्द्रीय महाधिवेशनको उदघाटन हुने तिथिलाई बुझ्ने एक ढंगको प्रचलन छ, तर नेपाली कांग्रेस पार्टीको फरक परम्परा के छ भने महाधिवेशन भनिरहँदा केवल केन्द्रीय महाधिवेशनको उद३घाटनको दिनमात्र होइन, एकसाथ देशभरका वडाहरूको अधिवेशन जुन दिन शुरु हुन्छ, त्यो दिन नेपाली कांग्रेस पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ भएको हुन्छ र भदौ १८ गते महाधिवेशन प्रारम्भ हुँदैछ । यो घडीमा देशभरका नेपाली कांग्रेस पार्टीका क्रियाशील सदस्यहरु, अन्य सदस्य, शुभचिन्तक, विभिन्न तहको नेतृत्वमा रहनुभएका सबैलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको तर्फबाट एवं सूचना सञ्चार तथा प्रचार विभागको तर्फबाट हामी अपील गर्दछौँ कि, मास्क लगाउनुहोला होला ?, किनभने एकातर्फ महाधिवेशन गर्नुपर्ने जिम्मेवारी अर्कोतर्फ कोरोनाबाट आफू जोगिने र परिवारलाई जोगाउनुपर्ने छ, त्यसैले नेतृत्वमा आउन लाग्नुभएका सबै साथीहरुलाई मत माग्न जाँदा मास्क लगाउन र लगाउन अपील गरौँ ।”

महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट समेत जोगिनु पर्ने कारणले आफू जोगिन र अरुलाई पनि जोगाउनका लािग अनिवार्य मास्क लगाउन शर्माले पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेका छन् । 

यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधाशिवेनले पार्टीमा ऊर्जा सञ्चार गराएको भन्दै सकृय भएर नेतृत्व छनोट गर्न अनुरोध गरेका । आज एक भिडियो सन्देश जारी गर्दै नेता पौडेलले नेपाली काँग्रेसलाई पुनर्जीवन दिन, असल र योग्य नेतृत्व छनोट गर्न आफ्नो ‘मनको पुकार’ सुन्न अनुरोध गरिएको छ । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes