प्रदीप नेपालले किन छाडे माधवको साथ ?

बेनी

भदौ १४


नेकपा -एकीकृत समाजवादी_ का चौथो वरियताका नेता प्रदीप नेपालले सो पार्टी छाडेका छन् । दल दर्ताका लागि आवश्यक पर्ने सनाखत गर्न भदौ ९ गते निर्वाचन आयोग पुगेका नेपालले एक साता नबित्दै सोमबार एकीकृत समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन् ।


“जनताको बहुदलीय जनवाद -जबज_ लाई स्थान नदिएपछि एकीकृत समाजवादी पाटी छाडेको हुँ,” पार्टी छाड्नुको कारण उल्लेख गर्दै पुर्वमन्त्रीसमेत रहेका नेता नेपालले भनेका छन्, “जबज जहाँ हुन्छ म पनि त्यहीँ हुन्छु ।”


एकीकृत समाजवादी पार्टी छाडे पनि आफु कतै नलागेको बताउँदै नेता नेपालले भनेका छन्, “नेकपा -एकीकृत समाजवादी_ गठनका बेला जबज मार्गनिर्देशक सिद्धान्त नभएको पार्टीमा बस्दिन भनेको थिएँ  । नयाँ पार्टीले पनि झेली खेल खेल्न थाल्यो, अब म कुनै पार्टीमा छैन ।”


उता, नवगठित एकीकृत समाजवादी पार्टीका नेताहरुले भने नेपालको बहिर्गमनमा सैद्धान्तिक कारण नभएको दावी गरेका छन् । “नेतृत्वले प्रदीप कामरेडलाई व्यवस्थित गर्न नसकेको हो कि भन्ने लाग्छ,” नाम उल्लेख गर्न नचाहने ती नेताले भने ।  


नेकपा -एमाले_ ले जनताको बहुदलीय जनवाद अर्थात् जबजलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अनुसरण गर्दै आएको छ । तर, एमालेबाट चोइटिएको एकीकृत समाजवादी पार्टीले जबजलाई मार्गनिर्देशक सिद्धान्त नमान्ने घोषणा गरेपछि प्रदीप नेपालले नयाँ पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes