गौंडामुनिको पहिरोले रहुघाट नदी थुनियो

बेनी 
भदौ १०

रहुघाट नदी थुनिएर बनेको ताल


रहुगङ्गा गाउँपालिकाको रायखोर नजिक पहिरो जाँदा रहुगङ्गा नदी केहीबेर थुनिएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमामा पर्ने उक्त ठाउँमा आज (बिहीबार) बिहान पहिरो गएको स्थानीय प्रदीप पाइजा मगरले जानकारी दिएका छन् । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमामा पर्ने गौडामुनि भन्ने ठाउँमा पहिरो खसेको पाइजाको भनाइ छ ।

“अन्दाजी ५०० मिटर लम्बाइ र ५० फिट गहिरो ठाउँ ओगटेर ताल बनेको छ,” प्रदीपले भने, “तत्कालका लागि ताल भरिएर नदी माथिबाट बगेको छ तर, पहिरो खस्नचाहिँ अझै रोकिएको छैन ।”





म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले रहुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको सेनाको क्याम्पबाट अवस्थाको निरीक्षण गर्न सुरक्षाकर्मीको टोलीलाई पठाइएको र तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए । 

म्याग्दी जिल्लाका मुख्य तीनमध्ये रहुगङ्गा नदी एक हो । कालीगण्डकीको सहायक नदीका रुपमा चिनिने रहुगङ्गा नदी बेसिनमा अहिले विभिन्न कम्पनीले जलविद्युत् निर्माण गरिरहेका छन् ।


तस्वीरः प्रदीप पाइजा

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes