देशभर मनसुन सक्रिय, मंगलबारसम्म पानी पर्ने अनुमान

बेनी
भदौ १३



केही दिनयता मनसुनी वायु सक्रिय हुँदा देशको अधिकांश ठाउँमा पानी परिरहको छ । मौसमविदका अनुसार अझै दुई दिन अर्थात मगलबारसम्म झरी पर्ने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखााी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका सबै भूभागमा वर्षा भइरहेको छ । 

‘यो मनसुन सक्रिय भएको समय हो । एक सातादेखि वर्षा भइरहेको छ र यो क्रम मंगलबारसम्म जाने देखिन्छ,’ उनले नेपाल प्रेससँग भनिन्, ‘वर्षा गराउने न्यूनचापीय रेखा नेपालको तराईको भूभागबाट नजिकै बसेको धेरै समय भइसक्यो । त्यसैले मनसुन सक्रिय भइरहेको हो ।’

नेपालमा मनसुन सकिन अझै डेढ महिना बाँकी छ । मौसमविदले नेपालको हकमा जुलाई र अगष्टलाई मनसुनको मुख्य सिजन मान्ने गर्छन् ।

मनसुनको समयमा पनि मौसम कहिले सक्रिय हुने त कहिले निश्क्रिय हुने गर्छ । एक सातादेखि मनसुन सक्रिय छ र बाढी, पहिरो र डुवानको जोखिम अझै कम भइनसकेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes