प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
बेनी
भदौ १४
![]() |
| फाइल तस्वीरः आफ्नो अभिनन्दन कार्यक्रममा बोल्दै भट्ट |
वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित ८५ वर्षीय भट्टको उपचारका क्रममा आज बिहान काठमाडौंमा निधन भएको हो ।
नेपाली साहित्यमा प्रगतिवादी चिन्तक एवं प्राध्यापकका रुपमा स्थापित भट्टका कविता, खण्डकाव्य, सस्मरण, निबन्धलगायतका साढे दुई दर्जन कृति प्रकशित छन् । उनका विशेषगरी ‘साइँलीमैयाँ,’ ‘आमा बोलाउँछिन्,’ ‘९७ साल,’ ‘अब हिमाल बोल्छ’ लगायतका कृति प्रसिद्ध छन् । साहित्यका सबै विधामा कलम चलाए पनि भट्ट विशेषगरी समालोचक र चिन्तकका रुपमा प्रसिद्ध छन् । उनले ३५ वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतका धनकुटा, धरान, चितवन तथा अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापन गरेका थिए ।
वि.सं. १९९३ मा जुम्लामा जन्मिएका भट्ट प्रगतिशील लेखक सघ र प्रगतिशील प्राध्यापक सघका पुर्वअध्यक्षसमेत थिए ।
