कक्षा १२ को परीक्षा दशैंअघि सञ्चालन गर्ने बोर्डको तयारी

बेनी
भदौ ७




राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको दशै अगाडी नै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको छ । चारलाख भन्दा बढी परीक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाएर भौतिकरुपमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वीकुति दिएपछि परीक्षा सञ्चालनसम्बन्धमा १५ दिन अगावै सूचना निकालेर जानकारी दिने बताए । निषेधाज्ञाले परीक्षा स्थगित भएपछि परिक्षार्थीहरु काठमाडौं उपत्यकाबाहिर गएकाले पूर्वजानकारी दिनुपर्ने शर्माको भनाइ छ ।

स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने शर्माले बताए । सरकारले यसै सातादेखि प्रवेशपत्रको आधारमा कक्षा १२ का परीक्षार्थीहरुलाई खोप दिन थालेको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराउन शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

गत वैशाखमै सम्पन्न हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । दोसोपटक भदौ ३१ गतेदेखि निर्धारण गरिएको परीक्षा रोक्न अर्बपति व्यापारी विनोद चौधरी, पत्रकार रवि लामिछानेलगायतले सरकारलाई दबाव दिएका थिए । तर, हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएकोमा विद्यार्थी र तिनका अभिभावक भने चिन्तित छन । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes