दुधे खोलाका बाढी पीडितलाई एमाले म्याग्दीको आर्थिक सहयोग

बेनी
भदौ ७



बेनी नगरपालिका–३ दुधेखोलामा आएको बाढीबाट प्रभावित बनेका ७ घर परिवारलाई नेकपा (एमाले) म्याग्दीले आर्थिक सहयोग गरेको छ । आइतबार राति आएको बाढीको कारण पुर्णरुपमा बिस्थापित बनेकी दिपा पुनलाई ५ हजार र बाढीबाट क्षति बेहोरेका नारायण पुन, डिल्लिराम थापा, खड्कबहादुर रोका मगर, लिलाबहादुर घर्ती मगर, दुर्गाबहादुर थापा र भुपाल घर्तीको परिवारलाई तीन हजारको दरले १८ हजार रुपैयाँ गरी कुल २३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले जानकारी दिएका छन ।

बेनी नगरपालिका वडा नम्बर ३ का सदस्य गेमबहादुर घर्ती मगरमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।





पीडित परिवारलाई राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख तथा एमाले म्याग्दीका उपाध्यक्ष केसीले आफुले प्रभावितहरुको अवस्थाको बारेमा अनुगमन गरेको र सो क्षेत्रको संरक्षणका लागि नगरपालिका पहिला नगरपालिकाको ध्यान जान जरुरी रहको धारणा राखे ।

जोखिममा परेका घरहरुको सुरक्षाका लागि जिल्ला समन्वय समितिमार्फत संघ र प्रदेश सरकारसमक्ष पहल गर्ने जानकारी दिएका छन ।

भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दुधेखोलामा बाढी आएको, बाढीको कारण स्थानीय दिपा पुनको ब्लकले बनेको पाँच कोठे एक तले घर पुर्ण रुपमा क्षति भएको छ भने सोही स्थानका नारायण पुनको एक भैसीसमेत गरेको थियो ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes