दुधेखोलाको बाढीले एक घर र गोठ बगायो
बेनी
भदौ ७
हिजो रातिदेखि परेको वर्षाका कारण बेनी नगरपालिका–३ हुँदै बग्ने दुघे खोलाले एक घर बगाएको छ । खोलाको बाढीले गोठ बगाउँदा एउटा भैंसी मरेको छ ।
बाढीले बेनी नगरपालिका–३ दुधेखोलाका दीपा पुनको घर बगाएको छ । त्यस्तै सोही ठाउँका नारायण पुनको भैंसीसहितको गोठ बगाएको हो । बेनी नगरपालिका वडा नम्बर ३ का सदस्य गेमबहादुर घर्तिमगरका अनुसार बाढीले दुधेखोला आसपासका ३२ घरपरिवार जोखिममा परेका छन् । दुधेखोलाको शिरमा पर्ने तोराखेतमा पहिरो जाँदा दुधेखोला अनियन्त्रित भएको र त्यसको गेगानले केहीबेर म्याग्दी खोलासमेत थुनिएको स्थानीय बासिन्दाको भनाइ छ ।
यसैबीच आइतबार रातिको वर्षाका कारण बेनी गलेश्वरको बीचमा पर्ने जलेश्वर र बेनी दरबाङ सडकको घुमाउने भीरमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
तस्वीरः सामाजिक सञ्जाल
Đăng ký kênh để mở khoá nha
Tags:
स्थानिय

