मौसम विभाग भन्छः “मंगलबारसम्म हल्का वर्षा हुनसक्छ”

कालञ्जर 


असोज ३१


आजदेखि देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ ।


मौसम विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा पनि देखिएको छ ।


आज बिहान प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा सामान्य वदली गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य वदली रहने र अन्य प्रदेशहरूमा आंशिक बदली रहने विभागको सुचनामा उल्लेख छ ।


विभागले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छः


२०७८ असोज ३१ गते (आइतबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


रातीः देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।


२०७८ कार्तिक १ गते (सोमबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


रातीः देशभर सामान्य देखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


देशका पश्चिमी र मध्यउच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


२०७८ कार्तिक २ गते (मंगलबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।


सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


रातीः देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।


सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश १, प्रदेश न २, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes