दशैंमा बन्द भएका सरकारी कार्यालय खुले

कालञ्जर

असोज ३१


बेनी । बडा दसैंको अवसरमा बन्द भएका सरकारी कार्यालय आजदेखि खुला भएका छन् । बडा दसैंमा फूलपातीदेखि दशमीको भोलिपल्ट एकादशीसम्मको विदा सकिए पछि सरकारी कार्यालय पुनः सञ्चालन भएका हुन् ।


दशैं बिदा सकिएसँगै गाउँबाट सदरमुकाम बेनी हुँदै गन्तव्यतिर फर्कनेहरुको संख्या बढेको छ । दसैंमा सुनसान बनेको सदरमुकाम बेनीबजार बिदाको अन्त्यसँगै पुनः लयमा फर्कन थालेको छ ।


दसैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशीर्वाद लिने क्रम जारी छ । टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes