भिटामिन ‘ए’ कार्यक्रमः म्याग्दीमा झण्डै दस हजार बालबालिकालाई भिटामानि खुवाइँदै

कालञ्जर

कात्तिक ७


बेनी ।  बालबालिकालाई आजदेखि भिटामिन ए खुवाउन शुरु गरिएको छ । ६ महिनादेखि ५९ महिनाका देशभरका करिब २७ लाख बालबालिकालाई कातिक ७ र ८ गते (आज र भोालि) भिटामिन ‘ए’ खुवाउने काम भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।


स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ ।


यस्तै १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइँदैछ। २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ।


म्याग्दीमा लक्षित बालबालिका झण्डै दस हजार

यसैबीच हिमाली जिल्ला म्याग्दीमा पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शुरु गरिएका छ । जिल्ला स्वास्थ्य कार्यालयबाट उपलब्ध विवरणअनुसार ६ महिनादेखि ५ वर्षसम्मका ९ हजार ८ ४७ जना बालबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाउन शुरु भएको हो । 




त्यसमध्ये १ वर्षमाथिका ८ हजार ६ सय ४६ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषले खुवाइने छ भने बाँकी १ हजार २ सय १ बालबालिकाले भिटामिन ‘ए’ को औषधिमात्रै खाने जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।

 

विशेषज्ञ डाक्टरहरुका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ सहित जुकाको औषधि (अल्वेन्डाजोल) समेत खुवाउनु पर्दछ ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes