बेलायत सरकारले नेपाललाई कोरोना जोखिमको रातो सूचीबाट हटायो

बेनी

असोज २२


बेलायत सरकारले नेपाललाई कोरोना महामारीजन्य जोखिमको रातो सुचीबाट हटाएको छ । भारतलगायत विश्वका धेरै देशलाई रातोसूचीमै राखेको बेलायतले नेपाललाई उक्त सुचीबाट हटाएको हो ।


अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिका (टाभल एडभाइजरी) अनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातो सूचीबाट हटाएको जनाएको छ ।


भारतसहित अन्य सात देश भने अझै रातो सूचीमै छन् । रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख छ ।


यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टू प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।


बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुन कुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड/एस्ट्राजेनेका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ ।


नेपालबाट बेलायत जाँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयू डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ ।


राससको सहयोगमा


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes