सिंहदरबारभित्रै पेस्तोल पड्कियो

कालञ्जर

कार्तिक १०

सांकेतिक तस्बिर 

नेपालको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारमा अचानक बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिनसकेको बताइएको छ । तर, भारतीले पेस्तोल चलाइरहेका बेला एक्कासी गोली चलेको उपाध्यक्ष दाहाललको सचिवालयले जनाएको छ ।


‘दिउँसो उपाध्यक्षको कार्यकक्षमा बसेको बेला गोली चलेको हो’, सचिवालयले भन्यो, ‘चलाउदै गर्दा पड्किएको हो । गोली कोही कसैलाई पनि लागेको छैन ।’


सचिवालय स्रोतका अनुसार पिएसओ भारतीले नयाँ नयाँ पेस्तोल बोकेको र त्यसको रजिष्ट्रेशन नम्बर टिपाउन खोज्दा पड्किएको हो । 


नेपाल प्रहरीको सिंहदरबार सुरक्षा इकाइले के कसरी गोली चलेको भन्ने विषयमा सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाइएको छ । 


यसैबीच थप सोधपुछका लागि पीएसओ भारतीलाई फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes