नकुल ढकालले भेटे “दोहोरीको राजा”

कालञ्जर

कार्तिक १२



बेनी । समकालीन नेपाली लोकसङ्गीतमा बिलकुलै नयाँ स्वादसहित नकुल ढकालले ‘दोहोरीको राजा’ सार्वजनिक गरेका छन् । म्याग्दीमा रहेर नेपाली लोकसङ्गीतको सिर्जनामा सकृय ढकालको सिर्जना र अभिनय रहेको साङ्गीतिक कोसेली ‘दोहोरीको राजा’ सार्वजनिक गरिएको हो ।


नेपाली लोकदोहोरीको क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्न रुचाउने सर्जक ढकालले यसपटक मध्यकालीन नेपालको झल्को दिने गरी फरक स्वादको साङ्गीतिक कोसेली पस्किएका छन् । 


मध्यकालीन नेपालमा अस्तित्वमा रहेका बाइसे, चौबीसे राज्य, ती राज्यमा शासन गर्ने रजौटा र राजकुमारीका लागि वर छान्ने स्वयंवरको सन्दर्भलाई गीतिकथात्मक शैलीमा दोहोरीले समेटेको छ । ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठान, त्यस आसपासका अन्य राज्य र त्यहाँका राजकुमारहरुको अभिनयात्मक प्रस्तुति मौलिक देखिन्छ । स्वयंवरका लागि आउने राजकुमारहरुले आफ्नो वीरताको परिचय दिने काम गरेपछि राजकुमारीको वरमाला पाउनसक्ने राजकीय परम्परा हो । तर, ‘दोहोरीको राजा’मा भने स्वयंवरको प्रचलित बाटो छाडेर नयाँ अवधारणा समात्न खोजिएको छ । 




त्यसो त, नेपाली सामाजिक जीवनमा खोजीपस्ने हो भने सातदस दिनसम्म दोहोरी गीत गाएरै बिहे गरेका जोडी अझै पनि भेटिन्छन् । तर, यसैलाई आधार बनाएर नेपाली लोकदोहोरी गीतचाहिँ सिर्जना भएको पाइँदैन । 

मध्यकालीन नेपालको एउटा शक्तिकेन्द्रका रुपमा चिनिएको पर्वत राज्यको ऐतिहासिकतालाई आधार बनाएर सर्जक ढकालले नेपाली लोकदोहोरीको क्षेत्रमै नयाँ प्रयोग गरेका छन् ।

 

“दर्शकहरुको राम्रो रेस्पोन्स पाइरहेका छौं,” कालञ्जर अनलाइनसँग बोल्दै गीतकार ढकालले भने, “फरक स्वादको लोकदोहोरी भएका कारण पनि यसले दर्शकको मन जितेको हामीले पाएका छौं ।”  युट्युबमार्फत् बिहीबार सार्वजनिक भएको ‘दोहोरीको राजा’लाई दर्शकहरुको राम्रो प्रतिक्रिया मिलेको देखिएको छ।


चर्चित लोकगायक पशुपति शर्मा र गायिका लक्ष्मी मल्लको स्वर रहेको गीतमा कलाकारहरु अञ्जली अधिकारी, लोमश शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतको अभिनय रहेको छ । 


सन्तोषराज वाहकको कोरियोग्राफी तथा उत्सव दाहालको छायाङ्कन रहेको गीतलाई निशान कश्यपले निर्देशन गरेका हुन्  ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes