रहुघाट अपडेटः “थुनिएको नदी बग्न थाल्यो तर, जोखिम टरिसकेको छैन”

बेनी
भदौ १०



रहुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरोले थुनिएको राहुघाट खोला कृत्रिम तालमाथिबाट बग्न थालेको छ । नेपाली सेनाको रहुगङ्गा ७ चिमखोलामा रहेको शत्रुभञ्जन गुल्मले दिएको जानकारी अनुसार पहिरोले थुनेर बनेको कृत्रिम ताल भरिएर नदी बग्न थालेको हो ।

नदी थुनिएको खबरसँगै पहिरो स्थलको निरीक्षणमा गएको सुरक्षाकर्मीले दिएको जानकारी अनुसार पछिल्लोपटक आज बिहान ६ बजेतिर रायखोरको पहिरो खसेको थियो । यसबाट गाउँपालिकाको ६ र ७ नम्बर वडाको सीमा क्षेत्र गौंडामुनि भन्ने ठाउँमा रहुघाट खोला थुनिएर ताल परेको हो ।



घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले जिल्ला सुरक्षा समितिलाई दिएको सुचना अनुसार तत्काल ठुलो समस्या नभए पनि जोखिमचाहिँ टरिसकेको छैन । 

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार पहिरोका कारण रहुगङ्गा नदीमा १ किलोमिटर लामो, २० मिटर चौडा र १५ मिटर गहिरो कृत्रिम ताल बनेको छ । “ताल भरिएर पानी बग्न थालेकोले तत्काल कुनै खतरा छैन, प्रजिअ अधिकारीले भने, “तर, भिरबाट पहिरो खस्न बन्द नभएको र खोलाको ताल यथास्थितिमा रहेकोले जोखिम टरिसकेको चाहिँ छैन ।” 





वर्षायामको बेला भएको र लामो समयदेखि रोकिँदै खस्दै गरेको पहिरो भएकोले तल्लो तटीय क्षेत्रका बासिन्दाले सचेत भैरहनुपर्ने अवस्था आएको प्रजिअ अधिकारीको भनाइ छ ।



रहुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पुरानो तथा ठुलो क्षेत्र फैलिएर पहिरो गएका कारण रायखोरको पहिरो नियन्त्रण तत्काल सम्भव छैन ।  वर्षायाम भएकोले सबैले सचेत बन्नुपर्ने अवस्था आएको अध्यक्ष भण्डारीको भनाइ छ ।

तस्वीरः प्रदीप पाइजा

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes