माधव नेपालले खोले एमाले ‘समाजवादी’ पार्टी

बेनी

भदौ २



नेपालका वामपन्थी नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैले १५ वर्षसम्म नेतृत्व गरेको पार्टी छाडेर नयाँ दल दर्ता प्रक्रिया शुरु गरेका छन् । नेकपा एमालेको नवौंं महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरह आधिकारिक मानिने गरी अध्यक्षको हैसियत खोजेका नेपालको माग पूरा नभएपछि नयाँ दल दर्ता हुन लागेको हो । 


नेकपा ‘एमाले’को विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन पेस भएको हो ।


नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।


साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिह्न भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।


दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले भने, ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ, ।’


राष्ट्रपति विद्यादेवी भण्डारीले दल दर्तासम्बन्धी नयाँ अध्यादेश प्रमाणीकरण गरेकी दिन माधव नेपालको नेतृत्वमा नयाँ दल दर्ताको प्रक्रिया शुरु भएको छ  ।


शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै दलको सानो हिस्सा टुक्रिँदा पनि ती दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको पद जोगिने गरी दल विभाजन गर्न पाउने गरी नयाँ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको थियो ।


आन्तरिक विवादमा फसेको एमालेलाई चोइटाउन कानुनीरुपमा सहजीकरण गर्ने उद्देश्यले सरकारले नयाँ अध्यादेश सिफारिस गरेको थियो ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes