अफगानिस्तानका राष्ट्रपतिले देश छाडे

साउन ३१




अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका थिए ।


दश दिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो । काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes