बेनी–जोमसोम सडक फेरि अवरुद्ध

बेनी

साउन ७




छिमेकी जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । अविरल वर्षाका कारण सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । 


यसअघि पहिरोले बन्द भएको बेनी–सोमसोम सडक १३ दिनपछि गत मङ्गलबारदेखि सञ्चालनमा आए पनि आज बिहानैदेखि फेरि बन्द भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ रहुघाट, अन्नपूर्ण–३ रुप्से छहरा र जलथलेमा रहेको सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


बन्द सडक खुलाउन प्रहरीले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिएका छन् । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण बन्द भएपछि बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा सवारी रोकिएका छन् ।   


यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि फेर बन्द भएको छ । सडक माथिबाट खसेको पहिरोले बिहीवार बिहानैदेखि बेनी–दरबाङ सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes